बज्रयोगिनी बचत तथा ऋण सहकारी संस्था लिमिटेड
BAJRAYOGINI SAVING & CREDIT CO-OPERATIVE LTD


Content on this page requires a newer version of Adobe Flash Player.

Get Adobe Flash player

 
Objectives

उद्देश्य

समुदायमा कायम रहेको परम्परागत बचत गर्ने प्रचलनलाई संस्थागत तथा कानुनी तवरले बचत गर्ने बानी विकास गराई सदस्यहरूको जीवनस्तरमा थप आर्थिक संरक्षण गराउने यस संस्थाको प्रमुख उद्देश्य रहेको छ । व्यापारिक केन्द्रका मझोला व्यवसायीदेखि ग्रामिण क्षेत्रका साना साना व्यवसायी, महिला समूह, सांस्कृतिक समूह लगायतका सदस्यहरूलाई समेट्दै उनीहरूको साना ठूला वित्तिय आवश्यकतालाई पूरा गर्ने हेतुले संस्थाको दैनिक कारोबार सञ्चालनमा ल्याइएको छ । संक्षेपमा यस संस्थाका प्रमुख उद्देश्यहरू निम्न छन् ।

१. सदस्यहरूबीच स्वावलम्बन तथा मितव्ययिताको अभिवृद्धि गरी नियमित बचत गर्ने बानीलाई प्रवद्र्धन गर्ने ।
२. नियमित रुपमा सदस्यहरूबाट निक्षेप प्राप्त गर्नुका साथै उनीहरूले गरेका निक्षेपमा प्रतिस्पर्धात्मक दरमा व्याज प्रदान गर्ने ।
३. उत्पादनशील, आयमूलक एवं सीपमूलक उद्देश्यका लागि सदस्यहरूलाई उचित दरमा ऋण प्रदान गर्ने ।
४. सदस्यहरू तथा संस्थागत विकासका लागि आय आर्जन परियोजना सञ्चालन गर्ने ।
५. समाजमा रहेका मध्यम तथा न्यून आय भएका व्यक्ति वा समूहको आर्थिक सामाजिक उत्थानमा सहयोग पुयाउने ।

Remittance Services

सदस्य वर्गको सुविधालाई ध्यानमा राखी विपे्रषण सेवाको सुविधा उपलब्ध गराउने उद्देश्यले संसारको जुनसुकै ठाउँबाट पठाएको रकम तुरुन्त भुक्तानी लिन सकिने भरपर्दो माध्यम वेस्टर्न युनियन मनि ट्रान्सफर (Western Union Money Transfer) को सेवा संस्था मार्फत् उपलब्ध गराइनेछ ।

 
Saving Scheme

निक्षेप योजनाहरू Savings Schemes
विद्यमान प्रतिस्पर्धात्मक वित्तिय वातावरणमा निक्षेपकर्ताहरूलाई आकर्षक व्याजदर प्रदान गर्ने गरी निम्न बमोजिम निक्षेप योजनाहरू लागू गरिएक
छ ।

 
Loan Details

कर्जा सापट योजनालाइ विद्यमान प्रतिस्पर्धात्मक वित्तिय वातावरणमा कर्जा सापटकर्ताहरूलाई सहुलियत व्याजदर प्रदान गर्ने गरी निम्न बमोजिम कर्जा योजनाहरू लागू गरिएको छ ।

 
 
 
  Copyrights © BAJRAYOGINI 2010. All Rights Reserved.

VIEWED      TIMES  

Home   |   Overview   |  Objectives  |   Loan   |  Vacancy   |   News   |   Contact Us  
Powered by PREMSHARAN.COM.NP